२०८१ पुष २९ गते सोमवार

दूई कम्यूनिष्टको गठवन्धन देश लुट्नका लागि रहेछ – काँग्रेस नेता दीपक गिरी


घोराही, साउन २४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दूई कम्युनिष्ट बीचको गठवन्धन देश लुट्नको लागि रहेछ भन्ने स्पष्ट भएको बताएका छन् ।शनिवार घोराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहेका नेता गिरीले देश लुट्न, देश सिध्याउन र जनतालाई झुक्याउनका लागि दूई फरक ÷ फरक स्कूलिङका कम्यूनिष्ट बीचमा एकता भएको रहेछ भन्ने स्पष्ट भएको आरोप लगाए ।

उनले डेढ महिनादेखि बढी समयदेखि बालुवाटारमा प्रधानमन्त्री निरन्तर आफ्नै पार्टीका नेताहरु संग वार्ता गरिएको प्रशंग उल्लेख गर्दै उनले त्यो के वार्ता हो र कस्तो वार्ता हो ? भन्ने प्रश्न गरे । उनले चीनकी राजदूतले नेकपाका नेताहरुलाई घरमै गएर घन्टौं सम्म बिताउने गरेको प्रतिपनि असन्तुष्टि पोखे । ‘ चीनिया राजदूतको जुन चलखेल हो, त्यो हाम्लाई मात्रै हैन, त्यसले अरु छिमेकी मुलुकहरुलाई समेत चित्त बुझेको छैन,’ गिरीले भने ‘ छिमेकी मुलुकको नाङ्गो नाच स्वीकार्य छैन।’

उनले लिम्पियाधुरा, लिपुलेक समेटेर नक्सा मात्रै जारी गर्दैमा केही नहुने भन्दै त्यो भूभाग नेपालको बनाउन प्रधानमन्त्रीले चाल्नु पर्ने कुनैपनि कुटनित कदम नचालेको बताए । ‘नक्शा जारी गरेर मात्रै भएर सरकारले डिप्लोमेटिक पहल नै गरेको छैन,’ गिरीले भने ‘सस्तो राष्ट्रवादको नारा लगाएर जनता झुक्याउने खेल मात्रै भइरहेको छ ।’ त्यस्तै उनले एकाएक प्रधानमन्त्री केपी ओलीले विपक्षीलाई समेत जानकारी नदिएरै सदन अन्त्य गरेको प्रति आपत्ति जनाए ।

‘मुलकमा अब लोकतन्त्र छ कि छैन, संसदिय व्यवस्था छ कि छैन भन्नपनि सक्ने अवस्था रहेन,’ नेता गिरीले भने ।
त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको पनि आलोचना गरे । ‘उहाँ मुलुकको राष्ट्रपति हो कि नेकपाको राष्ट्रपति हो,’ गिरीले प्रश्न गरे ‘संवैधानिक राष्ट्रपतिको भूमिका मर्यादित हुन सकेन ।’उनले एमसिसी नेपालको हितमा रहेको स्पष्ट पारे । देशको विकासको लागि त्यो अति आवश्यक रहेको उनको तर्क छ । नेता गिरीले जिल्लाको विकासको लागि गरेको कामहरुको चर्चा गर्दै टरिगाउँ एयरपोर्टलाई डोमेष्टिक एयरपोर्टको रुपमा विकास गर्नुपर्ने बताए । ‘ टरिगाउँ एयरपोर्टका इतिहास मेट्न पाइदैन,’ गिरीले भने ‘ त्यसलाई डोमेष्टिक एयरपोर्ट बनाइयोस र अर्कौ जहाँ बनाएपनि अन्तराष्ट्रिय एयरपोर्ट बन्छ भने कुनैपनि आपत्ति छैन।’

कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले काँग्रेस हिजोका कमिकमजोरीको समिक्षा गर्दै जनता माझ जान सक्नुपर्ने बताए । उनले कम्युनिष्टहरुले झुट बोलेर तथा आश्वासन बाँडेर नेपाली जनतलाई झुक्याउँदै आएको भएपनि त्यसलाई काँग्रेसले समयमै चिरफार गर्न नसकेको बताए । उनले दूई तिहाई बहुमतको तागतलाई नेपाल बनाउने अभियानमा प्रयोग नगरेको देख्दा आज कम्युनिष्टलाई मतदान गर्ने जनता निरास भएको नेता चौधरीले तर्क गरे । उनले निर्मलाका हत्यालाई संरक्षण गर्न, सुन काण्डका दोषीलाई संरक्षण गर्न दूई तिहासको दुरुपयोग गरेको आरोप लगाए ।

काँग्रेसलाई प्रदेशसभा सदस्य शंकर गिरी, नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल लगाएतले सम्वोधन गरेका थिए ।कार्यक्रमको सहजीकरण कानुन व्यवसायी निर्मल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *