२०८१ चैत्र १४ गते बिहिवार

जेसिजको भवन बनाउन ५ लाख अनुदान दिने मेयर पाण्डेको घोषणा


जेसीज सप्ताह सुरु

यमकला भुसाल,
तुलसीपुर,साउन २४ । तुलसीपुर नगर जेसीजको जेसीज सप्ताह २०२० सुरु भएको छ । शुक्रवार तुलसीपुरमा एक कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि पाण्डेले मुलुकलाई समृद्ध र सशक्तिकरण तर्फ लैजान युवाहरुको भूमिका महत्वपुर्ण रहने बताए ।उनले तुलसीपुर नगर जेसीजको भवन निमार्ण सम्पन्न गर्नका लागि यसै आर्थिक वर्षमा उपमहानगरपालिकाकाको तर्फबाट ५ लाख रुपैंया अनुदान दिने प्रतिबद्धता जनाए ।

तुलसीपुर नगर जेसीज वर्ष २०२० का अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि राप्ती प्रादेशिक असपताल तुलसीपुरका अध्यक्ष पदम न्यौपानेले शिक्षा,खेलकुद,स्वास्थ्य जस्ता महत्वपुर्ण विषयलाई समेटेर तुलसीपुर नगर जेसीजले जेसीज सप्ताह मनाउनु सराहनिय रहेको बताउनुभयो ।

पहिलो दिन उद्घाटन र ब्लड गुप्र क्याम्प कार्यक्रम भएको छ ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष विरबहादुर रावत,इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर शिंह,सशस्त्र बेसक्याम्प तुलसीपुरका प्रमुख टेकराज पोख्रेल लगाएतले तुलसीपुर नगर जेसीजले समाज परिवर्तनका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

साप्ताहिक कार्यक्रमहरु

नगर जेसिजले साउन २४ गते लेजेन्ट फुटसल ग्राउन्ड तुलसीपुरमा फुटसल प्रतियोगिता, २५ गते लिटिल हेभन मावि तुलसीपुरमा सेनेटरी प्याड उत्पादन तालिम, २६ गते गोरखा मावि तुलसीपुरमा कोरोना कहर तथा सफल अवतरण अन्तरक्रिया, २७ गते अविधारा, बारधार्ने तुलसीपुरमा खानेपानी मुल सरसफाई तथा संरक्षण कार्यक्रम, २८ गते पातुखोला किनारमा बृक्षारोपन कार्यक्रम र ३१ गते गते पुरन्धरा छहरामा बोर्ड स्थापना गरि सप्ताहको समापन गरिने मुल आयोजक समितिका सयोजंक पुर्णविक्रम डाँगीले बताए ।

तुलसीपुर नगर जेसीजका पुर्व अध्यक्ष झरेन्द्र खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वर्ष २०२० का सचिव छविकुमार वलीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *