दाङ, साउन २३ । रुकुम पश्चिममा सरकारी रकम व्यक्तिगत खातामा राख्ने कर्मचारी र उनका परिवारका सदस्यहरु पक्राउ परेका छन् ।जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा उनका भतिजा सुवास केसी र भिमसेन केसी, भाइविकास केसीलाई प्रहरीले बिहीवार राति कार्यालयवाटै पक्राउ गरेको छ ।
उनीहरूलाई प्रहरीले बिहीबार राति ९ बजे गाउँपालिकाको कार्यालयबाटै पक्राउ गरेको हो । उनीहरु कारबाहीबाट बच्न राति कार्यालयमागई बाहिरबाट ताला लगाई भित्र कागजात मिलाउँदै गरेको अवस्थामा पक्राउ परेका हुन ।पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरीकार्यालयमा राखिएको छ । उनीहरु माथि थप अनुसन्धान गरिने भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल हेमन्त, उनकी पत्नी बिर्मा र लेखा सहयोगी सुवासलेअनाधिकृत रूपमा रकम आफ्नै व्यक्तिगत खातामा जम्मा गरेका थिए । पछि उनीहरूले उक्त रकम गाउँपालिकाकै खातामा फिर्ता गरेकाथिए ।
तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैंया फिर्ता भएको देखिएको छ ।
यो विषयमा गाउँपालिकाले पनि छानविन समिति गठन गरेको छ । सरकारी रकम विना कारण व्यक्तिको खातामा जम्मा भएपछि त्यसकोअनुसन्धान गर्न गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको संयाजकत्वमा गठित छानबिन कार्यदलमा गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट, वडा नं. १ का वडाअध्यक्ष मोहनकिशोर वली, वडा नं. ४ का वडाध्यक्ष चन्द्रबहादुर खड्का, वडा नं. ५ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर, वडा नं. ८ का वडाध्यक्ष कर्णबहादुर खड्का र वडा नं. ९ का वडाअध्यक्ष बिरबहादुर डाँगी सदस्य रहेका छन् ।