दाङ, साउन २२ । नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्तीलाई तरुण दलकै केही नेताहरुले असक्षमको संज्ञा दिएका छन् । नेपाल तरुण दल साविक क्षेत्र नं. ४ का अध्यक्ष रमेश मल्ल र साविक ५ का अध्यक्ष ललित पाण्डेले विहीवार संयुक्त विज्ञप्ती मार्फत अध्यक्ष घर्तीलाई असक्षमको संज्ञा दिएका छन् । बुधवार मात्रै अध्यक्ष घर्तीेले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का तरुण अध्यक्ष सुनिल डाँगी र वडा नं. ६ का अध्यक्ष राजकुरमा महतरालाई बुधवारको मितिदेखि नै लागुहुने गरि पदमुक्तको घोषणा सामाजिक सञ्जाल मार्फत गरेका थिए ।
जसमा उनले डाँगी र महतरालाई पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिको विरोध कार्यक्रमलाई बहिस्कार गरेको तथा कार्यक्रममा जान खोजेका तरुणहरुलाई रोकेको आक्षेप लगाएका थिए । डाँगी र महतराई पदमुक्तको घोषणा आफ्नै फेसबुक मार्फत गरेका अध्यक्ष घर्तीले उक्त जिम्मेवारी सम्वन्धित वडाका वडाध्यक्षहरुलाई सुम्पिएको घोषणा पनि गरेका छन् ।
त्यसपछि अध्यक्ष घर्तीले जस्तै गरि वडा नं. ५ का अध्यक्ष डाँगीले पनि मनपर्दी आफ्नो सामाजिक सञ्जालमा लामो स्ट्याटस लेखेर घर्तीको कडा शब्दमा विरोध जनाएका छन् । जसमा कतिपय गम्भीर र चारित्रिक आक्षेपहरु पनि रहेका छन् । साविक वडा नं. ४ का अध्यक्ष मल्ल र ५ का अध्यक्ष पाण्डेले घर्तीको विरोध तथा काउन्टरमा विहीवार बिज्ञप्ती प्रकासित गरेका हुन । उनीहरुले अध्यक्ष घर्तीको उक्त कदमलाई अभद्र र असक्षम मात्रै भनेका छैनन् घुमाउरो पाराले घर्तीको राजिनामा समेत मागेका छन् ।
‘पदिय मर्यादामा रही जिम्मेवारी बोध गर्न नसक्नु भनेको असक्षम बन्नु हो,’ विज्ञप्तिमा भनिएको छ,‘ नैतिकता रहेन भने राजनीतिक प्रतिष्ठामा रहन सुहाउँदैन। त्यसैले विकल्पसहित पछि हट्नुहोस।’मल्ल र पाण्डेले बारम्वार अध्यक्ष घर्तीले पदको दुरुपयोग गरेको अभियोग पनि लगाएका छन् ।
फेसबुकमा लेख्नु गलत हो – क्षेत्रीय सभापति खड्का
तरुणहरुका बीचमा आरोप प्रत्यारोपको सृङखला उनीहरका बीचमा मात्रै सीमित रहेन । विहीवार क्षेत्रीय पार्टी कार्यालय तुलसीपुरमा पार्टी प्रवेश कार्यक्रममा मनतब्य राख्दै क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले पनि तरुण दाङका अध्यक्ष टिका घर्तीको कदमको चर्कौ विरोध गरे ।
सार्वजनिक रुपमा मनतब्य व्यक्त गर्दैै सभापति खड्काले फेसबुकमा कारवाहीका कुरा लेख्ने अधिकार अध्यक्ष घर्तीलाई कस्ले दियो ? भन्ने सम्मका कुरा गरे । घर्तीको कदम असोभनिय, संगठनको नीति र मर्म विरपरित रहेको समेत उनले टिप्पनी गरे । अन्य बक्ताहरुले भने यो विषयलाई आफ्ना मनतब्यहरुमा कुनै महत्व दिएनन् ।
तरुण दल र नेविसंघ भित्र बारम्वार यस्ता आरोप प्रत्यारोपको सृङखला दोहोरीदै आएका छन् । धेरैले यसलाई गुटगट राजनीतिको उपज मान्छन् । जिल्ला पार्टी नेतृत्वले यस्ता विषयहरु छताछुल्ल हुँदा समेत अनुसानको कारवाही चलाएको देखिदैन। संगै बसालेर छलफल गराउने प्रयास पनि गरेको छैन । यो पार्टीको नीति, विधि र सिद्धान्तका कारणले गर्दा उत्पन्न समस्या भने होइन ।
बरु नेताहरु बीचको नेतृत्व र व्यक्तित्वको टकरावका कारण सृजित परिस्थिति हो । नेताहरुले युवाहरुलाई आ–आफ्नो पक्षमा प्रयोग गर्ने आफ्नो हनुमान बनाउने सोचका कारण भइरहेको छ । त्यसैले गर्दा भातृसंगठन भित्रका साना तिना कुराहरु पनि आग्रह पूर्वाग्रहका साथ सामाजिक सञ्जालहरुमा छताछुल्ल हुने गरेको जानकारहरु बताउँछन् । जसले गर्दा संगठन कमजोर र बदनाम भइरहेको छ ।