२०८१ बैशाख १३ गते बिहिवार

नेकपा परित्याग गरि २ सय बढी युवा नेपाली काँग्रेसमा पार्टी प्रवेश गरे


तुलसीपुर, साउन २२ । विहीवार दाङमा दूई सय बढी युवाहरु नेकपा परित्याग गरि नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका छन् । दाङ निर्वाचन क्षेत्र नं. ३ अन्तरगत पर्ने, बबई, शान्तिनगर, तुलसीपुुरका दूई सय १८ जना युवाहरु नेकपा परित्याग गरि काँग्रेसमा पार्टी प्रवेश गरेका हुन । तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा एक समारोहका बीच उनीहरुले पार्टी प्रवेश गरेका हुन ।

नवप्रेबेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले पार्टीको सदस्यता वितरण गरेका थिए भने प्रदेश सभा सदस्य शंकर गिरी, जिल्ला पार्टी सचिव शंकर डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेता केशव आचार्य, लेबेन्द्र धिताल, क्षेत्र नं. ३ (ख)का सभापति घनश्याम ढकाल,नेतृ देविका नेपाली लगाएतले टिका लगाएर स्वागत गरेका थिए ।

नेकपाको सरकार असक्षम भइसक्यो
कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य दीपक गिरीले नेकपाको सरकार असक्षम भइसकेको बताएका छन् ।केपी नेतृत्वको सरकारले यतिबेला कोरोना महामारीको त्रासमा रहेका जनताको लागि केही गर्नु भन्दापनि आफ्नो कुर्सी कसरी जोगाउने भनेर विगत डेढ महिनादेखि बालुवाटारमा विनातुकको बैठक गर्दै आइरहेको केन्द्रीय सदस्य गिरीले बताए ।उनले सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको आरोप लगाए । यति, ओम्नी जस्ता काण्डहरु त्यसको उदारहणको रुपमा उनले प्रस्तुत गरे ।

कार्यक्रमलाई संविधानसभा सदस्य बुद्धिराम भण्डारी, प्रदेशसभा सदस्य शंकर गिरी, जिल्ला सचिव शंकर डाँगी, नेता केशव आचार्य, लेबेन्द्र धिताल, निर्वाचन क्षेत्र नं. ३ (ख)का सभापति घनश्याम ढकाल, नेतृ देबिका बेलबासे दूईवटा अलग–अलग स्कूलिङवाट आएका दूई पार्टीको एकता केवल सत्ता प्राप्तीको लागि मात्रै भएको दोषारोपन गरे ।

क्षेत्रीय उपाध्यक्ष प्रमोद बस्नेतको स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण निर्वाचन क्षेत्र नं. ३ (ख) का सचिव चुडामनी ढकालले गरेका हुन । कार्यक्रममा सांगेतिक प्रस्तुती पनि प्रर्दशन गरिएको थियो ।
नव प्रवेशी युवाहरु तुलसीपुर बजारबाट नेपाली काँग्रेसको पक्षमा नारावाजा गर्दै क्षेत्रीय पार्टी कार्यालय आएका थिए ।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *