२०८१ बैशाख १५ गते शनिवार

राति ९ बजेदेखि विहान ५ बजेसम्म हिड्डुल गर्न नपाइने

दाङ, साउन २१ । सरकारले अबदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । यो नियम बिहीबारदेखि लागू हुने छ ।सरकारले बिहीबार बाट नै लागू हुने गरी काठमाडौं उपत्यका सहित २ सयभन्दा बढी संक्रमित भएका जिल्लाहरुमा जोरविजोर प्रणाली लागू गर्ने निर्णय पनि गरेको छ ।

गृह मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बुधवार एक बक्तव्य जारी गर्दै २ सयभन्दा बढी संक्रमित फेला परेको जिल्लाहरुमा यो नियम लागु हुने जानकारी दिएका छन् ।काठमाडौं उपत्यकामा पनि यो नियम लागु हुने छ । तर अत्यावश्यक सेवामा भने यो नियम लागू हुने छैन ।

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *