२०८१ चैत्र ९ गते शनिवार

जिल्लासभाको उद्घाटन मुख्य मन्त्री पोखरेलले गर्ने


दाङ, साउन, २० । दाङको चौथो जिल्ला सभा बुधवार हुने भएको छ । जिल्ला सभाको बुधवार मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।विहान १० बजे जिल्ला समन्वय समितिको हलमा हुने कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला सभाका सदस्यहरु, दश वटै गाउँपालिका प्रमुख तथा प्रमुखहरु, राजनीतिक दल तथा नागरिक समाजलगायत सरोकारवाला निकायको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता हुने छ ।

जिल्ला समनवय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले जिल्ला सभामा आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक नीति तथा कार्यक्रम र आर्थिक आयव्यव प्रस्तुत हुने जानकारी दिएका छन् । जिल्ला सभा गर्नका लागि मंगलवार बसेकोे बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *