
तस्विर –जितबहादुर खड्का ।
तुलसीपुर, साउन १८ । नेपाली काँग्रेस क्षेत्र नम्वर ३ (क) को आयोजनामा आइतवार अग्रज नेताहरूलाई सम्मान गरिएको छ । नेपाली काँग्रेसमा रहेर पार्टीको लागि अनवरत रुपमा अहम भूमिका निर्वाह गरेका अग्रज नेताहरूलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।
काँग्रेस दाङ ३ (क)का क्षेत्रीय सभापति घनश्याम ढकालको अध्यक्षता र काँग्रेस केन्द्रीय सदस्य दिपक गिरीको प्रमुख आथित्यमा सम्मान कार्यक्रम भएको हो ।कार्यक्रममा ५० भन्दा बढी अग्रज नेताहरुलाई सम्मान गरिएको थियो । पार्टीले सम्मान गरेपछि अग्रज नेताहरु खुसी देखिन्थे । उनीहरुले पार्टीमा गुट उपगुट सृजना नगरी मिलेर जान नेताहरुलाई सल्लाह दिएका छन् ।
कार्यक्रममा प्रमुख अथिति केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गिरीले पार्टीमा अग्रजहरुको भूमिका सदैव आवश्यक रहने बताएका छन् । ‘अग्रज नेताहरुले पार्टीमा योगदान गरेकै कारण, संगठन निर्माण गरेकै कारण पार्टी निर्माण भएको हो,’ नेता गिरीले भने ‘ अग्रजहरुको सुझाव र सल्लाहलाई संधै मनन गरेर अगाडि वढनु अबको आवश्यक्ता हो ।’