२०८१ माघ ३० गते बुधवार

सल्यानमा नेकपाका १५० कार्यकर्ता काँग्रेसमा पार्टी प्रवेश गरे

नविन पौडेल,
सल्यान, साउन १५ । सल्यानमा एकै पटक ठूलो संख्यामा नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेस पार्टीमा पार्टी प्रवेश गरेका छन् । १ सय ५१ जना नेकपाका नेता कार्यकर्ता उक्त पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा पार्टी प्रबेश गरेका हुन ।जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाका विभिन्न वडाका नेकपा नेता तथा कार्यकर्ताहरु एकै साथ काँग्रेसमा पार्टी प्रवेश गरेका हुन ।

बुधबार सल्ली बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रबेशीहरुलाई सदस्यता वितरण गरिएको हो । त्यसक्रममा कांग्रेसका पुर्ब केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, महासमिति सदस्य धुर्बराज पुरी, केशबहादुर बिष्ट, एकराज डाँगी, निमबहादुर वली, गोरख केसी,दिपेन्द्र बिष्ट, शुरेस अधिकारी, बिजय बस्नेत लगाएतका नेताहरुले नब प्रबेसीहरुलाई स्वागत गरेको नेपाली कांग्रेस सल्यानका जिल्ला कार्यसमिति सदस्य लोकराज आचार्यले जानकारी दिए ।

नवप्रबेशीहरुले नेकपाका नेताहरु व्यक्तिगत लाभ र सुख सयलमा लागेको, आफु जस्ता जनताको पिरमर्का नबुझेको तथा निर्वाचनमा आफुहरु बाँडेको आश्वासन पुरा गर्न ध्यान नदिएको हुँदा नेकपा परित्याग गरेको बताएका छन् ।

बनगाड नेकपाका नेता तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश सभा सदस्य गुलाफजंग शाह,नेकपा जिल्ला अध्यक्ष गोबिन्द पुन, जिल्ला सचिव कर्णबहादुर बुढाथोकीको गृह नगर हो। नेकपाका ठूला नेताहरुकै गृहनगरमा नेकपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा कांग्रेसमा प्रबेस गर्नुलाई काँग्रेसले नेकपा प्रतिको बितृष्णा र काँग्रेस प्रतिको भरोसा जनतामा बढ्दै गएको संकेत भएको अथ्र्याएका छन् ।

यहाँ गत स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा एमाले र नेपाली कांग्रेस बीच नगर प्रमुख र उपप्रमुखमा गठबन्धन भएको थियो। गठबन्धन बाट नेकपा सल्यानका अध्यक्ष गोबिन्द पुन प्रमुखमा निर्वाचित भए भने कांग्रेसका तर्फबाट् उपप्रमुखको उम्मेदवार बनेका दिपेन्द्र बिष्ट पराजित भएका थिए ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *