२०८१ पुष २९ गते सोमवार

डेढ बर्ष अघि श्रीमानले आत्महत्या गरे,यसपाली आमा छोरीलाई पहिरोले लग्यो

दाङ, साउन १४ । बंगलाचुली गाउँपालिका वडा नं. ५ साकिनेमा २६ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपालीको पहिरोमा परि मृत्यु भएको छ ।
अविरल बर्षाका कारण सुतिरहेको समयमा घर माथिवाट बिहान ३ बजेतिर झरेको पहिरोले पुर्दा आमा छोरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बाटुली नेपालीका श्रीमानले डेढ बर्ष अघि मात्रै आत्महत्या गरेका थिए । एउटै घरमा सुतिरहेका मध्य पहिलोले ससुरा देविराम नेपाली, उनकी पत्नि र उनका एक छोरालाई केही पनि भएन ।
देविराम नेपालीको कच्ची घरको आधा भाग मात्रै पहिलोले भत्किएपछि आमा छोरीको मृत्यु भएको र सासु ससुरा र देवरलाई केहीपनि नभएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
‘ससुरा देविराम उनकी श्रीमती र छोरा अर्कौ कोठामा सुतिरहेका रहेछन्,’ खड्काले भने ‘घरको आधा भाग मात्रै पहिलो भत्काएपछि आमा छोरीको मात्रै मृत्यु भयो, अरु सकुसल छन्।’ पहिरोमा पुरिएका आमा छोरीको शव बुधवार विहान मात्रै प्रहरी र स्थानीयले निकालिएका हुन ।

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *