२०८१ बैशाख ८ गते शनिवार

कपुरकोटमा स्थानीय सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता बैठक


सल्यान, साउन १३ । स्थानीय सुशासन प्रवद्र्धनका लागि सल्यानका स्थानीय सरकारले रचनात्मक सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । दलित विकास समाज सल्यानले सञ्चालन गरेको सुशासनमा नागरिक सहभागीता कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको समन्वय बैठकमा जिल्लाका गाउँपालिकाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

यो कार्यक्रम जिल्लाको दार्मा, सिद्ध कुमाख, त्रिवेणी, कपुरकोट र कालिमाटी गाउँपालिकामा सञ्चालन भइरहेको छ । मंगलबार कपुरकोट गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख भिमबहादुर सेनले आफ्नो पालिकामा निर्माण हुने हरेक कार्यनीतिहरू सहभागितात्मक र जनमुखी बनाउन जोड दिइएको बताए । उनले निर्माण गरिएका ऐन, नियम, निर्देशिका कार्यान्वयनमा सबैको साथ हुनुपर्ने बताए ।

दलित विकास समाज सल्यानका अध्यक्ष निमबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी लगाएतले स्थानीय सेवा प्रवाहमा सुधार तथा स्थानीय आवश्यकताहरुलाई सम्बोधन गर्ने नीति, कार्यक्रम निर्माणका लागि परियोजनाले सघाउ पुर्याउने विश्वास ब्यक्त गरे ।

कार्यक्रमका जिल्ला संयोजक गुमानसिंह नेपालीले सामुदायीक संस्था र समूहहरुको क्षमता एवम् नेतृत्व विकास, प्रस्तावना तथा प्रतिवेदन लेखन, युवा मञ्च परिचालन, लघु उद्यम जस्ता तालिम सञ्चालन गरिने बताए । कार्यक्रम अन्तर्गत स्थानीय तहको शिक्ष, स्वास्थ्य, कृषि र खानेपानी तथा सरसफाई सम्बन्धि योजना र नीतिहरुको बारेमा छलफल तथा अन्तक्रिया गरिने पनि नेपालीले बताए । उनले यस कार्यक्रमका हरेक क्रियाकलापमा हुने खर्च र बजेट पनि सार्वजनीक गरेका थिए ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *