२०८१ बैशाख ७ गते शुक्रवार

प्रहरी हेडक्वार्टरका थप २३ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ,साउन १३ । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।

‘उहाँहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको छ’ शाहीले भने ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *