काठमाण्डौ,साउन १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।
आज मंगलवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
तर सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
पछिल्ला दिनहरुमा नेताहरुबीच आरोप(प्रत्यारोप बढेको छ । सहमति नभएपछि दुवै पक्ष आ(आफ्नै रणनीतिमा जुटेको छ । असार १० गतेदेखि सुरु भएको बैठक सहमतिको लागि भन्दै पटक(पटक स्थगित हुँदै आएको छ।