२०७८ बैशाख २८ गते मङ्गलवार

विद्यार्थी भर्नाको वातावरण तय गरिदिन प्याव्सन र एन प्याव्सनको आग्रह

तुलसीपुर,१३ साउन । विद्यार्थी भर्ना तथा पठन पाठनको वातावरण निर्माण गरिदिन प्याव्सन र एन प्याव्सन दाङले सरोकारवालाहरुमा आग्रह गरेका छन ।

प्याव्सन दाङ र एन प्याव्सन दाङका पदाधिकारीहरुको सोमवार वसेको वैठकले त्यस्तो आग्रह गरेको हो । प्याव्सन दाङका अध्यक्ष रेशम वहादुर वुढा र एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमको संयुक्त अध्यक्षतामा वसेको वैठकले जिल्लामा विद्यार्थी भर्ना तथा पठन पाठन शुचारु गर्ने वातावरण निर्माण गरिदिनका लागि स्थानिय प्रशासन, पालिका, नागरिक समाज, पत्रकार,विद्यार्थी सघ,संगठन लगायतलाई आग्रह गरेको हो ।

वैठकले निजि विद्यालयहरुले शैक्षिकसत्र २०७६ सालको वाकि वक्यौता उठाउन नपायको ,शैक्षिकसत्र २०७७ का लागि विद्यार्थी एकिन गर्न नपाएको , पाठ्य पुस्तकको व्यवस्थापन गर्न नपाएको लगायतका समस्याहरु रहेको हुँदा सम्वन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

त्यसैगरि वैठकले आफना छोराछोरिहरुका लागि पाठ्य पुस्तक खरिद गरिदिन तथा रेडियो ,टेलिभिजन मार्फत हुने पठन पाठनका साथै घरमा समेत अध्यण गराउन अभिभावकहरुमा आग्रह गरेको छ ।

यसैबिच प्याव्सन तथा एन प्याव्सनका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र जिल्ला शिक्षा सम्न्वय अधिकारी देवमणि चौधरिसंग भेटघाट गरेका छन ।

सो अवसरमा उनिहरुले चाडो भन्दा चाँडो विद्यार्थी भर्ना तथा पठन पाठनको लागि सहजिकरण गरिदिन आग्रह गरेका छन । सो अवसरमा बल्दै प्रमुख जिल्ला अधिकारी रिजालले आफु सकारात्मक रहेपनि केन्द्रिय निर्णय मान्नु पर्ने भन्दै निजि विद्यालयलाई परेका समस्याका बरेमा शिक्षा मन्त्रालयमा जानकारी गराउने बताए ।

वैठकमा नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगि , केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा, प्याव्सनका केन्द्रीय सदस्य द्वय यादव गिरि , केशव थापा ,एन प्याव्सन प्रदेश नम्वर ५ का सदस्य नरेश आचार्य लगायतको सहभागिता रहेको एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमले जानकारि दिए ।

 

 

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *