२०८१ माघ १२ गते शनिवार

तरुण नेता खत्रीले आँखा अस्पताललाई मास्क वितरण गरे

तुलसीपुर, साउन १० एक तरुण नेताले  तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा पुगेर शनिवार मास्क वितरण गरेका छन् नेपालीकाँग्रेसको भातृ संगठन नेपाल तरुण दल दाङका जिल्ला सदस्य बीरबहादुर खत्रीले अस्पतालका चिकित्सक तथा कर्मचारीका लागि ५०थान एन ९५ मास्क वितरण गरेका हुन

सरकारले राप्ती आँखा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गर्नको लागि बजेट नछुट्याएको हुँदा फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मीकोसहयोगका लागि मास्क वितरण गरेको खत्रीले बताए

निशूल्क रुपमा मास्क वितरण गरेपछि अस्पतालकी प्रमुख डाक्टर सुलक्ष्मी कटवालले अप्ठेरोमा सहयोग गर्ने खत्रीलाई धन्यवाद ज्ञापनगरिन

कार्यक्रममा दाङ जिल्ला नेत्रज्योति संघका जिल्ला सचिव सुरेन्द्र खड्काले अग्रपंक्तिमा खटिएर विरामीको उपचार गर्ने अस्पतालकाचिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई मास्क वितरण गरेको प्रति संघको तर्फवाट धन्यवाद दिएका थिए नेपाली काँग्रेसका नेतासमेत रहेका खड्काले सबैको सावधानी साझा प्रयासवाट मात्रै कोरोना परास्त गर्न संभव हुने बताए

घोराही निवासी तरुण नेता खत्रीले स्वास्थ्य संस्था अन्तरगत पहिलो चरणमा राप्ती आँखा अस्पताललाई मास्क विरतण गरेको भन्दै अवजिल्लाका अन्य स्वास्थ्य संस्थालाई समेत मास्क वितरण गर्ने जाकारी दिएका छन्

उनले लामो समयदेखि एक्लै मोटरसाईकलमा दौडिएर जिल्लाका सबै सहर तथा बजारमा पुगी सञ्चारकर्मी, ट्राफिक प्रहरी विभिन्नक्षेत्रमा क्रियासिल व्यक्तिहरुलाई खोजी खोजी निशुल्क रुपमा मास्क वितरण गर्दै आएका छन् उनले पछिल्लो समय मास्क नलगाई हिड्ने जो कोहीलाई पनि बोलाएर निशुल्क मास्क वितरण गर्दै आएका छन्

तरुण नेता खत्रीले यसअघि जिल्लामा क्रियासिल विभिन्न व्यक्ति तथा संघ संस्थालाई गरि हजार बढी एन ९५ मास्क वितरण गरिसक्नु भएको

कोरोना भाइरससंगको लडाईमा सबैलाई सजग गराउँदै आएका उनले लकडाउन खुलेपछि झनै जोखिम बढेको हुँदा सबैलाई सजगताअपनाउन आग्रहपनि गर्दै आएका छन्

प्रकाशित मिति : २०७७ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *