काठमाडौं,साउन ९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपीशर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको बताएका छन् ।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले आयोगमा एमाले पार्टी दर्ता हुनुले पार्टी एकता संकटमा परेको तर्क गरे ।
उनले देशभर मानिस उतारेर ओलीले नै पर्दशन गर्न लगाएको स्पष्ट पारे । आफुहरुलाई पर्दशन गरम कि भनेर कार्यकर्ताले सोध्ने गरेको भएपनि आफुहरु पार्टी एकता नविग्रियोस भनेर चुप लागेर बसेको उनले तर्क गरे ।
नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हुँदा त्यसमा कुनै व्यक्ति विषेशको भूमिमा नरहेको उनले स्पष्ट पारे । उनले आफुहरुले पार्टीमा विधि र पद्धतिको विकासका लागि पहल गरिरहेको तथा त्यो पदका लागि नभएको धारणा राखे ।
प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार