२०८१ माघ १० गते बिहिवार

दाङ विकास सल्लाकार परिषदको बैठक

दाङ, साउन ९ । दाङ विकास सल्लाहकार परिषदको बैठकले शुबmवार घोराहीमा बस्यो । बैठकले निकट भविस्यमै गर्ने चौथो जिल्ला सभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम परिमार्जन गरेर जिल्लासभामा लैजाने निर्णय गरेको छ ।बैठकले नीति तथा कार्यक्रमको मस्यौदा तयारीको लागि विषयगत जिम्मेवारी समेत तोकेको छ ।

सल्लाकार परिषदका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बैठकले आर्थिक क्षेत्रको लागि जिम्मेवारी नवराज अधिकारीलाई दिएको जानकारी दिए । त्यसैगरेर सामाजिक क्षेत्रको जिम्मेवारी प्राध्यापक लेखनाथ आचार्य र माधव गौतम, पुर्वाधार क्षेत्रमा नहकुल केसी र नवराज सुवेदीलाई जिम्मेवारी दिएको छ ।

वन वातावरण, विपत्त व्यवस्थापनमा देवनारायण चौधरी र भरतराज न्यौपानेलाई जिम्मेवारी तोकिएको छ । बैठकले संस्थागत विकास, सुशासन सेवा समुहको जिम्मेवारी विकिरण गौतम र रमणकुमार शर्मालाई दिएको छ ।त्यस्तै विधान र न्यायसम्पादनको जिम्मेवारी रेवतीरमण भटराई र राजेन्द्रकुमार श्रेष्ठलाई दिएको छ । परिषदका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले विषय प्रवेश गराएको बैठकको सहजीकरण निमित्त समन्वय अधिकारी सावित्री श्रेष्ठले गरेकी थिइन ।

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *