काठमाडौं,साउन ९ । सर्वौच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश सपना प्रधान मल्ललाई महाभियोग लगाउन माग गर्दै शुक्रवार काठमाडौंमा प्रदर्शन भएको छ।माइतीघर मण्डलामा भएको पर्दशनका सहभागिहरुले प्रधानन्यायाधीश चोलेन्द्र र न्यायाधीश मल्ललाई महाभियोग लगाउनु पर्ने तथा उनीहरुलाई जेल चलाउन गर्नुपर्ने माग गरेका छन् ।
पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दा र बुढानिलकण्ठमा भएको हिट एण्ड रन केसमा सर्वौच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै नागरिक समाज पर्दशनमा उत्रिएको हो । पर्दशनकारीले अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग, भागवण्डाको गोटीले हत्यारा छुट्यो भेटीले’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले पत्निको हत्या गरेका पूर्वडिआइजी रञ्जन कोइरालालाई जन्मकैदबाट साढे ११ वर्ष कैद घटाएर साढे ८ वर्ष मात्रै बनाएपछि बिहीबार कोईराला जेलवाट छुटेका थिए । सर्वौचचले बुढानिलकण्ठको एउटा हिट एन्ड रन मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई ५ लाख रुपैंया धरौटीमा छाड्ने आदेश सर्वौच्चले गरेको थियो ।
सात महिनाअघि मादकपदार्थ सेवन गरेर तीव्र गतिमा मल्लले चलाएको कारले गोरखा घर भएकी लीला देवकोटालाई फुटपाथमै चढेर ठक्कर दिएपछि उनको मृत्यु भएको थियो