२०८१ माघ १२ गते शनिवार

पत्निको हत्या गरेका सशस्त्रका पूर्व डिआइजी कोईराला छुटे

काठमाडौं,साउन ७ । पत्नि हत्यामा दोषी ठहर भइ जेल सजाय भुक्तान गरी सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइराला जेल मुक्त भएका छन् । कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन ।
उनले २०६८ साल माघमा पत्नि गीताको हत्या गरेका थिए। काठमाडौँ जिल्ला अदालतले २०७१ वैशाख ७ मा सर्वस्वसहित उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।
तत्कालिन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ गते जिल्ला अदातलको फैसला सदर गरेको थियो ।
तर पछिल्लो असार १५ गते सर्बौच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले कोइरालाको सर्वस्वसहितको जन्मकैद सजाय घटाएको हो।
प्रधानन्यायाधीशसहितको इजलासले जिल्ला र पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसला घटाएर ८ बर्ष ६ महिनामा झारेपछि कोइराला यति छिट्टै छुटेका हुन ।
कोईरालाले राजधानीमा पत्निको हत्यापछि गाडीमा राखेर मकवानपुर लगि शव जलाएको पुष्टि भएपछि उनलाई अदालतले दोषी ठहर गरेको थियो । सर्वौच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना मात्र कायम गरेपछि कोइराला छुटेका हुन ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *