साउन ७। नेपालमा बितेको २४ घण्टामा १०० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै अब देशमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९४ पुगेको छ ।
देशका विभिन्न २८ वटा प्रयोगशालाबाट तीन हजार सात सय ७९ जनाको पीसीआर परीक्षण भएको र त्यस मध्ये एक सय जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
बुधबार एक जना चिनियाँ नागरिकसहित थप दुई जनाकाे काेराेना सङ्क्रमणकाे कारण मृत्यु भएपछि कुल मृतककाे सङ्ख्या ४२ पुगेकाे छ ।
प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार