दाङ,साउन ६ । भदौ महिनावाट मात्रै लामो दुरीका यातायातका साधन सञ्चालनमा आउने भएका छन् । भदौ १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय सरकारले निर्णय गरेको छ ।
मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकारका प्रवक्ता युवराज खतिवडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनन सञ्चालन गर्न दिने निर्णय भएको बताए ।
सरकारले असार २६ गतेदेखि छोटो दूरीमा यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।लकडाउन सुरु भएसंगै गत चैत ११ देखि सार्वजनिक यातायात बन्द भएको थियो ।
प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार