२०८१ माघ १२ गते शनिवार

मिटर रिडिङ गरेर महशुल बुझ्नुहोस : उद्योगी- व्यवसायी


यमकला भसाल,
तुलसीपुर,साउन ६ । लकडाउनको समयमा पनि अघि पछि जस्तै रकम असुल्नु गलत भएको भन्दै तुलसीपुरका क्षेत्रका उद्योगी व्यवसायीहरुले नेपाल विद्युत प्राधिकण तुलसीपुरलाई ध्यानाकर्षण गराएका छन । मंगलवार तुलसीपुर उद्योग वाणिज्य सघंका कार्यवहाक अध्यक्ष रामप्रसाद चालिसेको नेतृत्वमा पुगेको टोलीले लकडाउन अघि झै उपभोक्ताको घर–घरमा पुगेर मिटर रिडिङ गरेर मात्र महशुल बुझ्न आग्रह गरेको छ ।

लकडाउनका कारण प्रायःसबै उद्योगी,व्यवासायीहरु मर्कामा परेको र उद्योग नै नचलेको भएपनि उद्योग चलेको समयको बराबर महसुल असुल्ने कार्य गलत भएको तुलसीपुर उद्योग वाणिज्य सघंका सचिव विनिल केसीले बताए । उनले मिटर रिडिङ् गरेर जति महशुल आएको छ त्यत्ती नै महशुल लिन आग्रह गरे । सघंका कार्यबहाक अध्यक्ष रामप्रसाद चालिँसेले लकडाउनको समयमा उद्योगहरु बन्द भएको हुँदा उद्योग चलेको समयमलाई आधार मानेर महसुल बुझाउन ताकेता गर्नु गलत भएको बताए ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख जगन्नाथ लामिछानेले लकडाउनले गर्दा रिडिङ् गर्न जान समस्या भएपछि चैत र बैशाखको महशुल अघिपछिको रकमका आधारमा लिएको बताए । फागुन महिना सम्म रिडिङ गरेर महशुल लिएका हौँ,उनेले भने,–चैत र बैशाखमा भने लकडाउनका कारण रिडिङ् गर्न जान समस्या भएपछि अघिल्लो महिनाकै आधारमा महशुल लिन बाध्य भएका हौँ । साथै उहाँले कोरोना कै कारण काम गर्न असहज भएको र छिट्ै तुलसीपुर क्षेत्र भित्र विद्युत सुधार गर्ने बताए ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *