तुलसीपर,साउन ६।नेपालका पहिलो जन–निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ३८ औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले वृक्षारोपन कार्यक्रम गरेको छ । मंगलवार घोराहीको चौघेरास्थित गोरक्ष रत्ननाथ मन्दिरको परिसरमा विभिन्न प्रजातिका एक सय बढी बिरुवा रोपेको नेपाली कांग्रेस दाङका सभापति कीृर्तिबहादुर खड्काले जानकारी दिए ।
कोरोना भाइरसको महामारीलाई मध्य नजर गर्दै ठूलो औपचारिक कार्यक्रम नगरी बृक्षारोपन गरि माहामानव वीपीलाई सम्झिएको सभापति खड्काले बताए ।२०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि अनवरत संघर्ष गरेका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले कू गरि जननिर्वाचित प्रधानमन्त्री अपदस्त गर्दै एक दलिय पञ्चायती व्यवस्था लादेका थिए । त्यसलपछि वीपीले लामो सयम जेल जीवन विताउनु परेको थियो । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेका थिए ।