२०८१ माघ ९ गते बुधवार

नारायणी नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो

काठमाडौं,साउन ६ । नारायणी नदीमा पानीको सतहले खतराको बिन्दु पार गरेको छ । पानीको सतह बढेपछि मंगलवार नवलपरासीको त्रिवेणीस्थित गण्डक बराजका सबै ढोका खोलिएको छ ।
नारायणी नदीको सतह खतरामाथि पुगेपछि बराजका सबै ३६ वटा ढोका खोलिएको हो ।
मंगलबार पानीको सतह ३ लाख क्यूसेक हाराहारी पुगेको जानकारी दिइएको छ । नदीमा पानीको सतह बढेपछि स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको छ ।
गण्डक क्षेत्रका सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका डुवाको उच्च जोखिमा रहेका छन् ।
नेपाल भारत सीमामा गण्डक बराज बनाएर नारायणीको पानी भारतको उत्तर प्रदेश र बिहारका विभिन्न जिल्लामा सिंचाइ लग्ने गरिएको छ ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *