२०८० चैत्र १६ गते शुक्रवार

साउन ८ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने

दाङं,साउन ५ । साउन ८ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएका छन् । तर सञ्चालन हुने सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्वर र बिजोर गतेका दिन बिजोर नम्वरका मात्रै संचालन हुने निर्णय गरिएको छ । सोमवार राजधानीमा सरोकारवाला पक्षहरुका बीचमा भएको छलफल सहमति कायम भएपछि यातायात व्यवसायी साउन ८ गतेवाट सवारी साधन चलाउन सहमत भएका हुन । यो संगै चैत ११ गते नेपालमा लडडाउन सुरु भएसंगै बन्द भएका सार्वजनिक सवारी साधन झन्डै ४ महिना पछि सञ्चालनमा आउने भएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यका अनुसार यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसमा ५० प्रतिशत प्रिमियम सरकारले तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेगरी यातायात व्यवस्था विभागले सहजीकरण गर्ने सहमति भएको छ।त्यस्तै कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा क्षतिपूर्ति प्रदान गर्न कोष खडा गर्नेगरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने सहमति भएको छ ।

स्वास्थ्य सामग्रीहरू मास्क, स्यानिटाईजर, पन्जा, पिपिई भने व्यवसायीले नै आफै व्यवस्था गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको हो।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *