
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ
यमकला भुसाल,
तुलसीपुर,साउन ४ ।प्रदेश नं ५ मा मास्क नलगाई हिड्ने २० हजार बढीलाई निणन्त्रणमा लिइएको छ । प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारका अनुसार असार २२ गते देखि साउन ४ गते अर्थात (आइतवार) सम्ममां ५ नं प्रदेशका १२ वटा जिल्लाबाट २० हजार १६ जनालाई नियन्त्रणमा लिइएको छ । जसमध्ये दाङ्बाट २ सय १६,कपिलबस्तुबाट २ हजार ४ सय ३५,बाँकेबाट ६ हजार १ सय ५,बर्दियाबाट ६ हजार ९ सय ६०,रुपन्देहीबाट १ हजार २ सय ६५ जनालाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै नवलपरासीबाट ४५,पाल्पाबाट २ सय ३६,गुल्मीबाट ४,अर्घाखाँचीबाट १ सय ५६,प्युठानबाट २ हजार ५ सय ३७,रोल्पाबाट शुन्य र रुकुमबाट ३८ जना गरि २० हजार १६ जनालाई नियन्त्रणमा लिइएको हो । प्रदेश नं ५ मा मास्क नलगाई हिड्नेहरुमा महिला भन्दा पुरुषको सङ्या बढी छ । प्रहरी वरिष्ठ उपरिक्षक बैदवारका अनुसार मास्क नलगाई हिड्नेहरुमा १४ हजार ३ सय २० जना पुरुष छन भने ५ हजार ६ सय ९६ जना महिला रहेका छन ।
त्यस्तै मास्क नलगाएर हिड्ने १९ हजार २ सय ८९ जनालाई सम्झाई बुझाई छाडिएको छ भने ३ सय २ जनालाई मास्क वितरण गरि छाडिएको ५ नं प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा प्रदेश नं ५ मा मास्क नलगाई हिड्ने ८ सय ८९ जनालाई नियन्त्रणमा लिइएको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक बैदवारका अनुसार पछिल्लो २४ घण्टामा दाङबाट १ सय ५८,बर्दियाबाट ६ सय ६२,रुपन्देहीबाट ५०,अर्घाखाँचीबाट ११,प्युठानबाट १ सय ५६ जना गरि जम्मा ८ सय ८९ जनालाई नियन्त्रणमा लिइएको हो । यी मध्येमा ५ सय ४ जना पुरुष छन भने ३ सय ३५ जना महिला रहेका छन ।
४२ हजार ५ सय रुपैया राजश्व संकलन
प्रदेश नं ५ मा मास्क नलगाई हिड्नेहरुलाई कारवाही गर्दा आइतवारसम्म ४२ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ । ५ न.प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारका अनुसार ५ नं प्रदेशको बाँके बाट ३ सय ६८ जनालाई कारबाही गर्दा ३६ हजार ८ सय र पाल्पाबाट ५७ जनालाई कारवाही गर्दा ५ हजार ७ सय रुपैया राजश्व संकलन भएको छ । साथै कार्यालयका अनुसार मास्क नलगाउने प्रत्येक व्यक्तीलाई १ सय रुपैया जरिवाना तिराउदै सम्झाई बुझाई पठाउने गरिएको छ ।