२०७८ जेष्ठ २ गते आइतवार

रोल्पामा नेकपा परित्याग गरि २ दर्जन बढी युवा काँग्रेसमा प्रबेश गरे

महेन्द्र खड्का, होलेरी,असार ४ । रोल्पामा सत्तासिन दल नेकपा परित्याग गरि दुई दर्जन युवाहरु नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका छन् ।
रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ वहापखोलाका दुई दर्जन बढी युवाहरु शनिबार नेकपा परित्याग गरि काँग्रेसमा पार्टी प्रबेश गरेका हुन ।
देशमा नेकपाको स्पष्ट बहुमतको सरकार रहदा पनि जनताको हकहितमा काम गर्न नसकेको हुँदा आफुहरुले नेकपा परित्याग गरेको उनीहरुले बताएका छन् ।
चुनाबको समयमा गरेका बाचा र बाँडेका आश्वासन पुरा गर्न नलागी भ्रष्टाचार नेताहरु डुवेको आरोप लगाउँदै उनीहरु काँग्रेसका पार्टी प्रवेश गरेका हुन । नेपाली काँग्रेस रुन्टीगढी सभापति जनक पुन र नेपाल तरुणदल रोल्पा जिल्ला अध्यक्ष तिलबहादुर बुढाथोकीले उनीहरुलाई स्वागत गरेका थिए ।
बितेको १० दिन भित्र रुन्टीगढीका विभिन्न वडाका ५१ घर परिवारका दर्जनौं मानिसहरु नेकपा परित्याग गरि कांग्रेसमा प्रबेश गरेको काँग्रेसले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *