दाङ,साउन ४ । प्रहरीले प्रतिबन्धित विप्लव समूहका रोल्पा जिल्ला इन्चार्ज कमल थापा (बिजुली) लाई पक्राउ गरेको छ । शुक्रवार दिउँसो सुनिलस्मृति गाउँपालिका वडा नं.६ गजुलस्थित घरवाटै थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
४२ बर्षीय थापालाई आइतवार म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी शंकर खड्काले जानकारी दिए । प्रहरी निरिक्षक खड्काका अनुसार थापा विप्लव समुहको राप्ती ब्यूरो सदस्य समेत हुन ।
विभिन्न व्यापारीलाई फोन गरि चन्दाका लागि धम्किदिने, टेलिफोन टावरमाथि वम विस्फोट गराउने जस्ता अभियोग थापामाथि रहेको प्रहरी निरिक्षक खड्काले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार