२०८१ बैशाख १३ गते बिहिवार

दाङमा शनिवार पहिलो पटक कोरा साईकल च्यालेञ्ज हुँदै

फाइल तस्बिर

तुलसीपुर, साउन २ । दाङमा शनिवार पपहिलो पटक कोरा साईकल च्यालेञ्ज हुने भएको छ । दाङ जिल्ला साईक्लिङ संघका अध्यक्ष रेशम केसीले च्यालेञ्ज विहान ६ बजेदेखि तुलसीपुरबाट सुरु हुने र तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ हात्ती ढुंगामा पुगेर च्यालेञ्ज सकिने जानकारी दिए ।

उक्त कम्पिडिसनमा तुलसीपुर क्षेत्रका मात्रै झन्डै ३० जना र घोराही क्षेत्रका पनि सोही संख्यामा सहभागि हुने दाङ साईकल क्लवका उपाध्यक्ष केबी न्यौंपानेले फरककोणलाई बताए । विहानै घोराही क्षेत्रका साईकल साईडरहरु तुलसीपुर आउने र तुलसीपुरको खानेपानी नजिकबाट कोरा च्यालेञ्ज सुरु हुने न्यौपानेले जानकरी दिए ।

सन २०११ मा काठमाडौंमा कोरो साईकल च्यालेञ्ज सुरु भएको थियो । जसको उदेश्य साइक्लिङको प्रवद्र्धन गर्नु हो । स्वास्थ्यका लागि साईक्लिङ, पर्यावरणको लागि साईक्लिङ भन्ने नाराका साथ कम्पिडिसन हुँदै आएको छ । कोरा साईकल च्यालेञ्ज गत सालदेखि पहिलो पटक राजधानी भन्दा बाहिरका जिल्लाहरु नेपालगञ्ज, धरान, बुटवल र हेटौंडामा पनि भएको थियो ।

दाङमा भने पहिलो पटक कोरो साईकल च्यालेञ्ज शनिवार हुन लागेको छ । च्यालेञ्ज भनिएपनि यसमा व्यक्तिका बीचमा जितहारको खेल भने हुँदैन । आफुखुसी निश्चित दुरीसम्म साईकल चलाउने गरिन्छ । कम्पिडिसनमा सहभागि साईकल चालकहरुले आफुखुसी सक्दो डोनेसन संकलन गर्ने गर्छन । ‘प्रत्येक व्यक्तिले इच्छाले रकम दिन्छन् र त्यो रकम हामीले सामाजिक कार्यमा लगाउँछौं,’ जिल्ला साईक्लिङ संघका अध्यक्ष केसीले भने ।

त्यसरी संकलित रकम विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आइएको छ । कोरा साईकल च्यालेञ्ज वाट संकलन रकमवाट सन रुकुम र बैतडीमा एक एउटा प्रसुती गृह निर्माणमा आर्थिक सहयोग प्रदान गरिएको छ । त्यस्तै दोलाखामा एउटा स्वास्थ्य चौकी निर्माण गरिएको संघका अध्यक्ष केसीले बताए । च्यालेञ्जमा सहभागिहरुको स्वच्छिक सहयोगले हालसम्म ६५ लाख जति डोनेसन संकलन भएर विभिन्न सामाजिक क्षेत्रमा लगानी गरिएको केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *