२०८१ बैशाख ६ गते बिहिवार

नेकपा स्थायी कमिटी बैठक ४ गतेसम्मका लागि स्थगित


काठमाडौं,साउन २ । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक साउन ४ गते दिउँसो सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गतेको लागि निर्धारण गरिएको जानकारी दिएका छन् । शुक्रवार विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो।

तर, फेरि साउन ४ गते बस्ने गरि बैठक सारिएको थापाले बताएका छन् । बैठक स्थगित भएपनि शुक्रवार दिउँसो बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

बिहीबार प्रधानमन्त्री ओलीसंगको छलफलमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई पदवाट राजीनामा दिन आग्रह गरेपनि उनले राजीनामा नदिने बताएका थिए ।

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *