दाङ,साउन १ । बाँकेस्थित कोहलपुरको एक अर्व बढीको जग्गा विभिन्न व्यक्तिको नाममा श्रेस्ता कायम भएको विषयमा नेपाल प्रेस युनियन बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।युनियन बाँके जिल्ला अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कोहलपुर नगरपालिका वडा नम्बर ४ स्थित सरकारी जग्गा प्रकरणमा प्रकरणको छानविनमा सहयोग पु¥याउनका लागि न्यायिक निकायबाट अन्तिम टुंगो नलाग्दासम्म युनियनका साधारण सदस्य चेतकान्त भट्टराईलाई साधारण सदस्यबाट निलम्बन गर्न नेपाल प्रेस युनियन केन्द्रिय समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार अबेर राति युनियन बाँके सचिव विजय मल्लले जारी गरेको विज्ञप्तिमा कोहलपुर जग्गाप्रकरणमा पत्रकारहरुको संलग्नता रहेको समाचारले पत्रकार तथा पत्रकारिताप्रति समाजमा नकारात्मक टिकाटिप्पणी भइरहेकोेले सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
साथै जग्गा प्रकरणमा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदीप वाग्ले सहितका पत्रकारहरुको संलग्नता रहेको भनि प्रकाशितरप्रसारित समाचारका विषयमा आधिकारिक धारणा बाहिर ल्याउन तथा छानविनमा सहयोग पु¥याउनका लागि आरोपित पत्रकारहरुको साधारण सदस्यता निलम्बन गर्न बैठकले पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण गराएको छ ।
बैठकले पत्रकार तथा पत्रकारिताको गरिमा अक्षुण बनाइराख्न वास्तविकता जनसाधारण समक्ष आउनुपर्ने अपरिहार्य देखिएको उल्लेख गरेको छ ।त्यस्तै बैठकले नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरले राजनीतिक रुपमा पूर्वाग्राही एवं अबैधानिक ढंगले कर्मचारी छनोट गरेकोप्रति युनियन बाँकेले असन्तुष्टि ब्यक्त गरेको छ ।