२०८२ बैशाख ११ गते बुधवार

रोल्पा सिमेन्ट उद्योग अगाडि स्थानीयको प्रदर्शन


रोल्पा, असार ३० । रोल्पाको सिमेन्ट उद्योग अगाडि मंगलवार दिउँसो स्थानीयले प्रदर्शन गरेका छन् । ‘धुँवा धुलो नियन्त्रण गर, ढुँगाको बाह्य जिल्लामा हुँदै आएको ढुवानी बन्द गर, स्थानीयलाई रोजगारीबाट निकाल्न पाइदैन, ढुवानीमा हुँदै आएको सिन्डिकेट अन्त्यगर, सिमेन्ट उद्योग भित्र भएका ज्याजदी बन्द गर,मजदुर माथिको श्रमसोशन वन्द गर’ भन्ने जस्ता नारा लगाएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका स्थानीय एक सय बढी सर्वसाधारणले उद्योग स्थल त्रिवणी ३ कोईलामा आएर पर्दशन गरेका हुन ।

उनीहरुले उद्योग सञ्चालकलाई सातदिने अल्टिमेटम दिदै त्यो कार्यान्वयन नभए उद्योगमा तालाबन्दी गर्ने, टिप्पर सञ्चालनमा रोक लगाउने जस्ता निर्णय सार्वजनिक गरेका छन् । संघर्ष समितिका संयोजक अर्जुनकुमार वलीले उद्योग सञ्चालकले पटक÷पटक स्थानीय संग गरेका सम्झौंता कार्यान्वयनमा कुनै चासो नदिएको हुँदा आफहरु बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

उनले सिमेन्ट उद्योगमा ढुवानीका लागि आउने टिप्परका कारण कपुरकोट हुँदै कोइलासम्मको सडक खण्डमा सवारी साधन सञ्चालन गर्न नसकिने अवस्था आएको हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको बताए । उद्योग स्थापनाको समयमा उद्योगले सडक निर्माण गरिदिने, स्थानीयलाई रोजगारी दिने, घर घरमा पानीको धारा पु¥याईदिने, उद्योगको धुँवा धुलो नियन्त्रण गर्ने जस्ता सम्झौता गरेपनि कुनैपनि कार्यान्वय नभएको सर्वसाधारणले गुणासो गरेका छन् ।

पछिल्लो समय उद्योगले ढुंगा उत्खनन् गरि अग्नी सिमेन्टलाई ढुंगा बेच्दै आएको छ भने दाङको अमेलियामा लगेर समेत ढुंगा स्टक गर्दैै आएको स्थानीयले बताएका छन् । त्यसरी ढुंगा ओसार्दा प्रयोग हुने टिप्पर सञ्चालन गर्दापनि सिन्डिकेट लादिएको स्थानीयले बताएका छन् । शक्ति र सत्ताको बलमा स्थानीय प्रेमप्रकाश पुनको कन्ट्रक्सन फारमवाट मात्रै उद्योगले ढुवानी गर्न पाउने तथा अन्यलाई त्यसमा प्रतिवन्ध लगाउँदै आएको सर्वसाधारणले गुनासो गरेका छन् । यो सवालमा उद्योग सञ्चालकले भने कुनैपनि प्रतिक्रिया दिन मानेका छैनन् ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *