२०८१ माघ १३ गते आइतवार

सार्वजनिक जग्गा प्राप्तिमा मैले कुनै प्रक्रिया चालेको छैन – पत्रकार वाग्ले

दाङ,असार ३० । नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष प्रदिप वाग्लेले आफुले कोहलपुरको जग्गा प्राप्तिका लागि कुनैपनि प्रक्रिया नचालेको बताएका छन् । उनी लगाएका व्यक्तिको नाममा कोहलपुर नगरपालिका वडा नं. ४ स्थित सरकारी जग्गाको श्रेस्ता आएको सामाचार प्रकासित भएको प्रति उनले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

सोमवार एक अर्व बढीको सरकारी जग्गा विभिन्न ४१ व्यक्तिको नाममा श्रेस्ता कायम भएको बारे समाचार प्रकासित भएपछि वाग्लेले मंगलवार बिज्ञप्ति जारी गर्दै त्यसमा आफ्नो संलग्नता नभएको बताएका हुन । वाग्लेले भनेका लेखेका छन् ‘कोहलपुर ४ को सार्वजनिक जग्गा प्राप्तीका लागि सुकुम्बासी आयोग र मालपोत कार्यालय समक्ष मेरो तर्फवाट कुनैपनि प्रक्रिया मेरो तर्फवाट भएको छैन।’

तर २०६८ सालमा गठित भूमिहिन तथा सुकुम्बासी समाधान आयोगले जारी गरेको सूचनाका आधारमा भूमिहित परिचय पत्र प्राप्तिका लागि भने आफुले आयोगमा फाराम भरेको उनले उल्लेख वरेका छन् । उनले जग्गा कुन प्रक्रियावाट भूमिहीन र सुकुम्बासीका नाममा वितरण भएको हो ? भन्ने बारेमा आफु अनभिज्ञ रहेको उल्लेख गरेका छन् । उनले कोहलपुरको समग्र विकासका लागि उठेका आवाजको पूर्ण समर्थन रहेको बताएका छन् । त्यस्तै उनले नेपाल अधिराज्य भर आफ्नो नाममा जग्गा नभएको पनि बताएका छन् ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *