२०८१ जेष्ठ ८ गते मङ्गलवार

डिभिजन वन कार्यालय दाङ बृक्षरोपण अभियानमा केन्द्रीत

तुल्सीपुरमा १२ बर्षदेखि वन अतिक्रमण गरेर पक्की घर बनाएको क्षेत्र खाली गरी बृक्षरोपण गरियो, वंगलाचुलीमा टिमुरको बिरुवा वितरण

दाङ, असार ३० । डिभिजन वन कार्यालय दाङले बिगत १२ बर्षदेखि वन अतिक्रमण गरी पक्की घर बनाएको क्षेत्र हटाई बृक्षरोपण गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १३ स्थित जनकल्याण सामुदायिक वनको हटाईएको अतिक्रमण क्षेत्र करिव २ हेक्टरमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङा प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

उक्त क्षेत्रमा विगत १२ बर्ष देखि अतिक्रमण गरि पक्की घर समेत बनेको थियो । सो क्षेत्र खाली गर्न गराइ तारवार सहितको वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

अतिक्रमित क्षेत्र खाली गरेपछि जनकल्याण सामुदायिक वनका पदाधिकारीहरू, उपभोक्ता, विजौरी सव डिभिजन वन कार्यालयका कर्मचारीले सयुक्त रुपमा बृक्षरोपण गरेका थिए ।

यसैबिच दांङको दुर्गम क्षेत्रको रुपमा रहेको वंगलाचुली गाउपालिकामा डिभिजन वन कार्यालय दांङले टिमुरको विरुवा वितरण सुरुवात गरेको छ ।

टिमुर रोपण महाअभियान अन्र्तगत जिल्लामा एक लाख टिमुर रोप्ने लक्ष्य लिएको वन कार्यालयले वंगलाचुली गाउपालिका वडा नं ४ स्थित जूम्लेपानी सामुदायिक वन उपभोक्ता मार्फत उत्पादन गरेको १२ हजार विरुवाको वितरण गरिएको कमिरेचौर सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत संयोग बस्नेतले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष भक्त वहादुर वलीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा गाउपालिका अध्यक्षले स्थानिय टिमुर खेतीमा अग्रसर किसानलाई विरुवा वितरण गरि वंगलाचुलीमा टिमुर रोपण अभियानको सुरुवात गरेका थिए ।

दांङको पहाडि क्षेत्रमा टिमुर खेतीको सम्भावना अथक रहेकाले कोरोनाले निम्त्याएको वेरोजगारीको अवस्थामा गाँउगाँउमा भित्रीएका युवाहरुलाई टिमुर खेती मार्फत आर्थिक सम्वृद्धि तथा स्थानिय रोजगारी सृजना हुने हुदाँ टिमुर रोपणलाई व्यापक रुपमा अगाडी लैजानपर्नेमा गाँउपालिका अध्यक्ष वलीले जोड दिए।

प्रदेश सरकार अन्र्तगत डिभिजन वन कार्यालय दांङले यस वर्ष वंगलाचुली लगायत घोराहीको सैघा, तुल्सीपुरको छिल्लीकोट, प्रतापकोट लगायतको उत्तरी महाभारत क्षेत्रका किसानहरुलाई निशुल्क रुपमा टिमुरको विरुवा उपलव्ध गराउने कार्यक्रम रहेकोमा वंगलाचुली गाउँपालिका सवैभन्दा ठुलो पकेट क्षेत्र रहेकाले त्यस क्षेत्रमा टिमुर विस्तार प्राथमिकतामा रहेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले बताए ।

कार्यक्रममा किसानको खेत खेतमा गएर वनका कर्मचारीले प्रशिक्षण दिदैछन्, टिमुर अभियानले जनतामा उत्साह ल्याएको हुदाँ अभियान सफल भैसकेको छ, डिभिजनल वन अधिकृतले बताए ।

कार्यक्रममा स्थानिय उपभोक्ता संग अन्र्तक्रियाको क्रममा टिमुरको वजारीकरण र खेतीका चुनौतीको वारेमा स्थानियले राख्नुभएको जिज्ञासामा अधिकृत ज्ञवालीले वन कार्यालयले आफ्नो वारीमा फलेको टिमुर वेच्न कुनै कानुनी जटिलता नरहेको, वन कार्यालयले यसको सरलीकरणमा भुमिका खेल्ने भनि वताए ।

कार्यक्रमको सहजीकरण कमिरेचौर सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संयोग वस्नेतले गरेका थिए । साथै दाङको विकट क्षेत्रको रुपमा रहेको वंगलाचुलीमा टिमुरको वितरणले स्थानियले आर्थिक विकासको आशा पलाएको पाइएको छ ।

टिमर वितरणको अभियानले दुर्गमताको साथ–साथै कोरोनाको त्रासमा रहेका उपभोक्ता वन कार्यालयको अभियानवाट घरवाट निस्किएर आफ्नो खेतवारीमा काम गर्न जुट्न थालेको पाइएको छ ।

 

 

 

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *