२०८१ फाल्गुन ६ गते मङ्गलवार

एक अरव बढीको सरकारी जग्गा ३ पत्रकारसहित ४१ व्यक्तिको नाममा श्रेस्ता कायम


दाङ,असार २९ । बाँकेको कोहलपुरको झन्डै ४ बिगाहा सरकारी जग्गा ३ पत्रकारसहित ४१ जना व्यक्तिले नक्कली सुकुम्बासी बनेर लालपूर्जा लिएको खुल्न आएको छ । महेन्द्र राजमार्ग अन्तरगत कोहलपुर नगरपालिका वडा नं. ४ स्थित सेन्टर प्लाजा जाने बाटोको दायाँ बायाँको ४ विगाहा भन्दा बढी सरकारी जग्गा उनीहरुले नक्ककली सुकुम्बासी बनेर पूर्जा लिएको राजभने मालपोतको पत्रचारपछि खुलेको हो ।

जिल्ला मालपोत कार्यालयले असार २३ गते वडा कार्यालयलाई पत्राचार गर्दै जग्गो मालपोत बुझ्न भनेपछि सरकारी जग्गा व्यक्तिको नाममा गएको तथ्य उजागर भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले सम्पन्न मानिसलाई र एउटै परिवारका सदस्यलाई हचुवाका भरमा जग्गा दिएको देखिन आएको बताए ।उनले सकुमबासी समस्या आयोगमा सञ्तोष बस्नेत अध्यक्ष भएको समयमा एक अर्व बढी मूल्यको सरकारी बाँडेको पाइएको जानकारी दिए ।

उनले व्यक्तिको नाममा गएको जग्गाको नापी कार्यालयमा कित्ताकाट नभएको तथा मालपोत कार्यालयमा पनि कुनै अभिलेख फेला नपरेको जानकारी दिए ।उनले पनि मालपोत कार्यायका प्रमुखको बदनियत देखिएको जानकारी दिए । असार २३ गते मालपोत बुझ्नु भनेर पत्राचारगरेको मालपोतले स्थानीयको विरोध पछि र मिडियामा कुरा सार्वजनिक भएपछि बल्ल असार २८ गते फेरि मालपोत कार्यालयले मालपोत नबुझ्नु भनेर पत्राचार गर्नुले आशंका पैदा भएको उनले बताए । प्रजिअ कुरुङवाङले आफुले सबै कुरा अख्तियारमा लेखेर पठाउने जानकारी दिए ।

बाँकेका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले एकजना नयाँ अफिसर आएको हुँदा भूलबस वडा कार्यालयलाई मालपोत असुल्नु भनेर पत्राचार हुन गएको बताए । उनले आफुले पुनः असार २८ गते मालपोत नलिनु भनेर पुनः वडालाई पत्राचार गरिसकेको जानकारी दिए ।

जग्गा पाउने मध्य ४ जना पत्रकार
जग्गाको पूर्जा प्राप्त गर्ने ४१ जनामध्य चार जना पत्रकारपनि रहेका छन् । जस्मा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेको नाममा १० धुर, महासंघका पूर्व उपाध्यक्ष सुशिलकुमार लामिछानेको नाममा १० धुर, महासंघका साधारण सदस्य चेतकान्त भट्टराईको नाममा १० धुर र अर्का साधारण सदस्य शिव सुनारकी श्रीमती सरिता सुनारको नाममा ३ कठ्ठा जग्गाको श्रेस्ता कायम भएको पाइएको छ ।

शिव सुनार नेकपाको तर्फवाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराजको सम्पर्क सचिवालय कोहलपुरमा कार्यालय सचिवको रुपमा काम गर्ने व्यक्ति हुन । सुनारले ६९ सालमा सुकुम्बासी अयोगले भूमिहिन सुकु्म्बासीलाई फारम भर्नलाई सूचना आह्वान गरेपछि जनताले फारम भरेको र त्यही अनुरुप जग्गा प्राप्त भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *