राजेश खत्री,
तुलसीपुर,असार २७ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले कुनैपनि रुपमा हुने भ्रष्टचार र बदमासीको पर्दाफास गर्न अपिल गरेका छन् ।शनिवार यूथ अफ तुलसीपुरले समाजमा जनचेतना फैलाउने उदेश्यले निर्मित सर्ट मूभि ‘लूट डाउन’को प्रदर्शनी पछि मेयर पाण्डेले तुलसीपुरमा कुनैपनि खालको भ्रष्टचार नभएको दाबी गरे ।
‘मूभिमा देखिएको मेयर र साँच्चिकै मेयरको कुरा विलकुलै फरक छन्,’ पाण्डेले भने ‘तर मूमिको शिर्षक लूट डाउन संग तुलसीपुरको अवस्था ठ्याक्कै मेल खाने खाले छ।’सर्ट मूभि हेरेपछि आफु विद्यालयमा पढ्दा पञ्यात विरुद्ध खेलेको नाटकको स्मरण भएको बताएका मेयर पाण्डेले युवा बर्ग सृजनशिल र रुपान्तरणका माध्यम भएको हुँदा आफ्नो अभियानलाई निरन्तरता दिन आग्रह गरे । ‘लूट डाउन’ जस्तै अन्य मूभिहरु पनि समाजको चेतनाको लागि निर्माण गर्न आग्रह गरेका मेयर पाण्डेले त्यसलाई पहिलो र अन्तिम मूभि नवनाउने आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका सचिव टेकबहादुर वलीले भ्रष्टचारलाई कसैले पनि ढाकछोप गर्न नहुने बताए । भ्रष्टचारका कुरा पक्ष र विपक्ष हुन नहुने बताएका काँग्रेस सचिव वलीले अहिलेको दूई तिहाई बहुमतको सरकार चुलुम्म भ्रष्टचारमा डुवेको आरोप लगाए । ‘शान्तिपूर्ण क्रान्तिवाट सत्यलाई जनतामाझ ल्याउन युवाहरु अग्रसरहुनु पर्छ,’ वलीले भने ‘तेरो मेरो भनेर हैन जहाँ नेर गल्ती भएको छ त्यसको पर्दाफास गर्न युवाहरु अग्रशर हुुनुपर्छ।’
यूथ अफ तुलसीपुरका अध्यक्ष वशन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्मृति केसीले सर्ट मूभि निर्माण गर्नुको कारणवारे चर्चा गरेकी थिइन । क्षितिज खनालको निर्देशन र क्रियटिभ डाइरेक्टर देबेन्द्र विक रहेको ‘लूट डाउन’ नामक सर्ट भूमिमा कोरोना भाइरसका कारण सृजित अवस्था र त्यसैमा भइरहेको अनियमितताको चर्चा गरिएको छ । जसमा कमजोर व्यवस्थापनका क्वारेन्टिन, नातावाद कृपाबाद, क्वारेन्टिमा बस्ने मानिसहरुलाई गरिने भेदभाव पूर्ण व्यवहार लगाएका बारेमा मूभिले बोलेको छ । यूथ अफ तुलसीपुरका अरुण लहरेले सहजिकरण गरेको कार्यक्रममा धन्यवाद मनतब्य संस्कृति शाहले व्यक्त गरेकी थिइन ।