काठमाडौं,असार २६ । सरकारले जिल्लामा सञ्चालनको अनुमति दिएपनि यातायात व्यवसायीले भने सार्वजनिक सवारी साधनतत्कालन संचालन नगर्ने भएका छन् ।सरकारले बिहीवार मात्रै सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेको थियो ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंको शुक्रवार बसेको बैठकले तत्कालै गाडी सञ्चालन नगर्ने निर्णय गरेको हो ।
तीन महिनादेखि थन्किएका गाडी मर्मत गर्नुपर्ने तथा ग्यारेजबाट निकाल्ने सक्ने व्यवसायीको अवस्थ समेत नरहेको महासघंका महासचिवसरोज सिटौलाले बताए । उनले गाडी मर्म नगरी गाडी सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
गाडीको टायर कुहिएको,व्याट्री डाउन भएको, मोविल फेर्नुपर्ने अवस्था रहेको तथा इन्जिन बिग्रिएको हुन सक्ने अवस्थालाई मध्यनजर गर्दैतत्काल गाडी सञ्चालन गर्न सक्ने अवस्था नरहेको सिटौलाले तर्क गरे ।
सरकारले बैंकको किस्ता सार्ने, पुर्नं र्कर्जाको व्यवस्था मिलाउने, गाडी र चालकको कागज पत्र नवीकरण गर्न सहजीकरण गरिदिनेलगायत काम नगरे सम्म यातायात व्यवसायी र मजदुर काममा फर्किन सक्ने अवस्था नरहेको उनको भनाई छ । सरकारले विहीवार सिटक्षमता भन्दा आधा मात्रै यात्रु बोक्न पाइने भन्दै ५० प्रतिशत बढी भाडा लिन आग्रह समेत गरेको थियो ।