
तुलसीपुर,असार २६ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मजुवामा रहेको वडा कार्यालयलाई बनहरीमा सार्ने निर्णय भएको छ। शुक्रवारको ७ औं नगर सभाको तेस्रो बैठकले वडा कार्यालय सबैलाई पायक पर्ने गरी बनहरीमा सार्ने निर्णय पारित गरेको हो ।यसअघि सम्म मजुवावाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।
बैठकले तुलसीपुर अन्र्तगत सञ्चालन हुने योजनाहरु मध्य शहरी क्षेत्रमा २५ प्रतिशत श्रमदान र ग्रामिण भेगमा कम्तिमा १० प्रतिशतश्रमदान गर्ने नीति पारितपनि पारित गरेको छ । पारित पाँच वटा निर्णय मध्य सुरक्षा व्यवस्थालाई सुदृढ पार्नका हरेक टोलमा टोल सुरक्षासमिति गठन गर्ने, अवैध घरेलु मदिरा उत्पादन नियन्त्रणका लागि १९ वटै वडामा अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै तुलसीपुर क्षेत्रका कार्यकाल सकिएका सबै संघ संस्था र विद्यालय व्यवस्थापन समितिले लकडाउन घोषणा अन्त्य भएको ३ महिनाभित्रमा अनिवार्य रुपमा निर्वाचन गर्नुपर्ने निर्णय पनि बैठकले पारित गरेको छ ।
कार्यकाल सकिएका संघसंस्था र विद्यालय व्यवस्थापन समितिले गरेका प्रशासनिक तथा मर्मत सम्भारका काम बाहेक अन्य कामहरुवैध नहुने निर्णय पनि बैठकले पारित गरेको छ ।बैठकले तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को बजेट, आर्थिक विधेयक, विनियोजन विधेयकपनि सर्वसहमतिमापारित गरेको छ ।
प्रतिवेदन माथि सभासदहरु सुवास डिसी, सुरेश श्रेष्ठ, दुजमान भण्डारी,मदन वस्नेत, युवा करारा, शितल वुढा मगर, घनश्याम गौतम, विनोद गौतम लगायतले टिप्पणी गरेका थिए । उठेका सवाल माथि उपप्रमुख माया शर्मा, अर्थ समिति संयोजक माधव वली, लेखासमिति संयोजक राजु आचार्यले जवाफ दिएका थिए ।
