दाङ,असार २५ । नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण विहीवार बेलुकादेखि बन्द गरिएको छ।च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरेका हुन ।
चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै त्यसको सत्तासिन दल नेकपाका नेता कार्यकर्ता र प्रेस संगठनले पनि विरोध गरेका थिए । राष्ट्रियतामा धावा बोल्ने भारतीय समाचार च्यानलको प्रशारण बन्द गर्नुपर्ने माग प्रेस संगठनले सरकार संग गरेको थियो । मनोरञ्जन तथा खेलकुदका भारतीय च्यानलको प्रशारण भने यथावत छन् ।
प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार