२०८१ माघ १० गते बिहिवार

कपुरकोटको अनुमानित बजेट ३१ करोड २९ लाख

शंकल केसी,
सल्यान, २५ असार ।सल्यानको कपुरकोट गाउँपालिकाले ३१ करोड २९ लाख बराबरको बजेट विहीवारको नगरसभावाट पारित गरेको छ । गत असार १० गते शुरु भएको गाउँपालिकाको सातौँ गाउँसभाले आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट पारित गरेको हो । बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पूँजिगत खर्च तर्फ २४ करोड ६८ लाख २४ हजार र चालु खर्च तर्फ ६ करोड ६१ लाख ७१ हजार रुपैंया बराबरको बजेट प्रस्तुत गरेकी थिइन ।

नयाँ आर्थिक वर्षका लागि समपुरक अनुदान मार्फत वडा नम्बर ६ मा गौंरेखोला लिफ्ट सिस्टम खानेपानी योजना सञ्चालन गर्न ५० लाख र वडा नं २ मा भुतखोला खारखोला लिफ्ट सिस्टम खानेपानी योजना सञ्चालन गर्न ८० लाख रुपैंया विनियोजन गरेको छ । त्यस्तै वडा नं १ र ६ को वडा कार्यालय भवन निर्माणका लागि ६०÷६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

जीवनज्योती मावि रिम र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरको प भवन निर्माण गर्न ३०÷३० लाख, शिद्ध आधारभुत विद्यालय खाली र प्रा.वि. क्यूरेनिमा भवन निर्माण गर्न १६÷१६ लाख , कपुरकोट वहुमुखी क्याम्पसका लागि २० लाख रुपैंया विनियोजन भएको छ ।
विपद् ब्यवस्थापनका लागि ३० लाख, वातावरण संरक्षणका लागि ५ लाख बजेट विनियोजन गरेको छ ।

यस्तो छ बजेटको सुनिश्चिता
संघीय सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट ८ करोड २९ लाख, कर्णाली प्रदेश सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट ९९ लाख २४ हजार, संघीय सरकार राजश्व बाँडफाँड शिर्षकबाट ६ करोड ५५ लाख ४६ हजार, कर्णाली प्रदेश सरकार राजश्व बाँडफाँड शिर्षकबाट ६ लाख २५ हजार, संघीय सरकार सशर्त अनुदान शिर्षकबाट १३ करोड ५ लाख, प्रदेश सरकार सशर्त अनुदान शिर्षकबाट रु २५,०००००, आन्तरिक राजश्व अनुमानबाट ४० लाख, कर्णाली प्रदेश सरकारबाट विशेष अनुदान ४० लाख, कर्णाली प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ३० लाख गरेर कपुरकोट गाउँपालिकामा आर्थिक वर्ष २०७७÷०७८ को कुल अनुमानित बजेट सिमा ३१ करोड २९ लाख ९५ हजार रहेको छ ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *