यमकला भुसाल,
तुलसीपुर,असार २५ ।तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भइ कार्यभार सम्हालेको विहीवार ३ बर्ष पुरा भएको छ । यसै अवसरपारी पत्रकार सम्मेलन गरि ३ वर्षका सम्म गरेका कामहरु सार्वजनिक गरेको छ । २०७४ असार १४ को स्थानीय तह निर्वाचन पछि असार २५ गते नगरप्रमुख लगाएले कार्यकाल सम्हालेका थिए ।
नगरप्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाले तीन वर्षको अवधिमा गौरबपुर्ण उपलब्धीहरु गर्न सफल भएको दाबी गरे । उनले तुलसीपुर आधुनिक बसपार्क निमार्ण गरि सञ्चालनमा ल्याएको,लामो सम देखि बन्द हुदै खुल्दै गरेको टरिगाँउ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गरेको,तुलसीपुर बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको,पातुखोलामा नमुना अटोभिलेज सञ्चालनमा ल्याएको लगाएतका कार्यहरु गौरवका कामहरुका रुपमा प्रस्तुत गरे ।
उनले तुलसीपुर देशभर अहिले उत्कृष्ट स्थानीय सरकारका रुपमा कार्य सम्पादन गर्दै अगाडी बढीरहेको उनले बताए । त्यस्तै खरको छाना हटाउने,सुत्केरी भत्ता उपलब्ध गराउने लगाएतका कार्यक्रमले अन्य स्थानीय तहलाई पनि प्रेरणा दिइरहेको उनको तर्क थियो । हालसम्म ७ सय ५० खरका छाना हटाउन सफल भएको पाण्डेले बताए ।
उपमहानगरपालिकाले शिक्षा,स्वास्थ्य,कृर्षि,सिंचाई,विद्युत विस्तार लगाएतका कामहरु गरेको मेयर पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार अहिलेसम्म उपमहानगरपालिका भित्र रहेका ३२ वटा विद्यालयहरुलाई समायोजन गरिएको बताए । त्यस्तै ३ हजार ५ सय सुत्केरीले भत्ता वितरण गरेको तथा १९ वटै वडामा स्वास्थ्य संस्थाहरु स्थापना भएको जानकारी दिए ।
उपमहानगरपालिकालाई मोतिया विन्दुको निशुल्क अप्रेशन सेवा प्रदान गरिएको,राप्ती प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याईएको जस्ता उदाहरण उनले दिए । त्यस्तै यस क्षेत्रका ८ वटा स्वास्थ्य संस्थामा ल्याव सेवा दिन सुरु गरिएको तथा बेलझुण्डी अस्पताललाई एकीकृत स्वास्थ्य अस्पतालका रुपमा विकास गरिने पाण्डेले आश्वासन बाँडे ।
त्यस्तै मेयर पाण्डेले एक वडा एक खेलमैदानको अवधारणालाई अगाडी बढाएको र बेलझुण्डी रंगशाला निमार्ण गरेको र केही बाँकी संरचनाको कामलाई लाई अगाडि बढाइएको पनि जानकारी दिए ।