दाङ, असार २५ प्रेस संगठन नेपालले नेपालको राष्ट्रियतामाथि खिल्ली उडाउँदै भारतीय मिडियाले सामग्री प्रकाशन गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका प्रदेश संयोजक सविन प्रियासन र केन्द्रीय सदस्य टीका बस्नेतले बिहीबार प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनीया राजदूत हाउ यान्छीलाई जोडेर भारतीय मिडियाले भ्रामक सामग्री प्रकाशन गरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा केही दिन यता भारतीय मिडियामा नेपालको राष्ट्रिय स्वाधिनतामाथि आँच पु¥याउने खालका सामग्री प्रकाशन गरेको भन्दै आपपित्त प्रकट गरिएको छ ।
उनीहरुले त्यस्ता सामग्री प्रकाशनमा रोक लगाउन नेपाल सरकार समक्ष माग पनि गरेका छन् ।
‘नेपाल सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेर नेपालको शिर उचो बनाएको छ । नेपाली भूमि नेपालकै हुनुपर्छ भनेर पैरवी गर्नु नेपाल सरकारको दायित्व हो ।
राजनीतिक बृत्तबाट कुरा गर्दा मतका हिसाबले वर्तमान सरकार इतिहासकै सबैभन्दा बलियो सरकार हो ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वाधिक लोकिप्रिय कदमकारुपमा नयाँ नक्सा सार्वजनिक गरेको उल्लेख छ ।
त्यही कार्यपछि भारतीय मिडियाहरुले अनर्गल प्रचार गरेको तथा चौतर्फि भ्रम फैलाउने काम भन्दै त्यस्ता मिडियालाई नेपालमा प्रकाशनमा रोक लगाउन माग गरिएको छ ।
प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार