२०८१ पुष २९ गते सोमवार

महिलालाई नियन्त्रणमा लिएपछि कुटपिट गर्ने नगर प्रहरी विक निलम्बित

दाङ,असार २५ । रुकुम पश्चिममा एक महिलालाई नियन्त्रण्मा लिइएपछि अमानविय तरिकाले कुटपिट गरेको अभियोगमा एकजना महिला नगर प्रहरी निलम्वबनमा परेकी छन् ।
जिल्लाको आठविसकोट नगरपालिका वडा नं. ९ की २१ बर्षीया नेहा विष्टमाथि निर्घाट कुटपिट गर्ने नगर प्रहरी निर्मला विक निलम्बनमा परेकी हुन ।
आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्वप्रशाद लम्सालले बिहीवार एक विज्ञप्ति प्रकासित गरि विकलाई कारवाही स्वरुप निलम्बित गरिएको जानकारी दिएका छन् ।
गत जेठ १ गते दिउँसो जाजरकोटबाट रुकुम पश्चिम आउँदै गर्दा नेहामाथि नियन्त्रणमा लिइसकेपछि अमानविय ढंगले कुटिपट भएको थियो । जुन भिडियो असार २३ गते मत्रै सार्वजनिक भएपछि नगरपालिकाले प्रशासकीय अधिकृत मानबहादुर बुढाथोकीको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको थियो । त्यो छानविन समितिमा सूचना प्रविधि अधिकृत गणेश चन्द र नगर प्रहरी सहायक निरिक्षक ओलालाल यरी सदस्य थिए ।
उक्त समितिले नगर प्रहरी विकलाई दोषी ठहर गर्दै निलम्वन गरेको हो । विज्ञप्तिमा विकमाथि आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह समेत गरिएको छ ।
भिडियोमा विकले कुटपिट गरिरहँदा केही प्रहरी रमेत बनेर उभिएका देखिन्छन् । रुकुम पश्चिमल बुधवार नै प्रहरी निरिक्षक कविराज रोकाको नेतृत्वका ४ सदस्य छानविन समिति गठन गरेको छ । यो समितिले ५ दिन भित्र आफ्नो प्रतिवेदन बुझाउन कार्यादेश पाएको छ ।
जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार भिडियो सार्वजनिक भएपछि त्यसवारे छानविन गर्ने क्रम सुरु भएको जानकारी दिए ।
महिलामाथि कुटपिट भइरहँदा भिडियोमा देखिएका मध्य एकजना हवल्दार घाइते भइ नेपालगञ्जमा उपचाररत रहेको हुँदा उनीसंग फोनमा कुरा भएको र अन्य दुई प्रहरी जवानलाई बोलाएर सोधपुछ भएको प्रहरीले बताएको छ ।
त्यस्तै घटनाका प्रत्यक्षदर्सीहरुलाई पनि बोलाएर सोधपुछ भइरहेको डिएसपी केसीले बताए । तर पीडित भनिएकी महिलालाई भने फेला पार्न नसकिएको केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *