दाङ, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई षडेन्त्र पूर्वक हटाउन खोजिएको भन्दै त्यसको विरोधमा समर्थकहरुले बुधवार घोराहीमा प्रदर्शन गरेका छन् । नेकपा भित्रको पूर्व एमालेका नेता, कार्यकर्ताले र केही जनप्रतिनिधिको पर्दशनमा उपस्थिति थियो । तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १६ का वडाध्यक्ष माधव वली र वडा नं. ६ का वडा सदस्य दुजमान भण्डारी लगाएको प्रर्दशनमा सहभागिता थियो । यद्यपी पर्दशन भने स्वतन्त्र युवा विद्यार्थी अभियानको नाममा भएको थियो ।
पर्दशनकारीले विदेशीको समर्थनमा प्रधानमन्त्री ओलीलाई हटाउन खोजिएको आरोप लगाएका थिए । उनीहरुले ‘आजलाई होइन भोलिलाई हाम्रो समर्थन ओलीलाई, देशको मुहार फेर्नु छ,साथी पार्टी भन्दा राष्ट्रमाथि,आईएमविथ केपी ओली, नागरिकता विधेयक पारित गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै बाम बुद्धिजीवी नेमकुमार न्यौपानेले जनताले ओलीको नेतृत्वको पार्टीलाई विश्वास गरेर भोट दिएपनि अहिले पार्टी भित्रैबाट हटाउन खेल भएको भन्दै आक्रोस पोखेका थिए । एउटा गुमेको भुमिलाई फिर्ता ल्याएकै कारण भारतीय शक्तिको आडमा प्रधानमन्त्रीको राजीनामा मागिएको उनले जिकिर गरे ।
विरोध कार्यक्रमलाई सम्वोध गर्ने नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माले राष्ट्रियता र जनजिविकाको सवालमा स्पष्ट अडान लिएका प्रधानमन्त्री ओलीलाई हटाउन खोज्नु दुभाग्र्य सावित हुने दाबी गरे । विरोध कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा सदस्य दुजमान भण्डारीले गरेका थिए । घोराहीको शहिदगेटबाट सुरु भएको विरोध ¥याली बैंकरोड दामोदर चोक हुदै तुलसीपुर चोकमा पुगेर सभा गरि कार्यक्रम सकिएको थियो ।