२०८० चैत्र १६ गते शुक्रवार

रोटरी क्लवका अध्यक्ष हमाललाई पद हस्तान्तरण

फोटो ः तुफानबाबु श्रेष्ठ
तुलसीपुर, असार २४ । रोटरी क्लव अफ तुलसीपुर सिटीको नयाँ अध्यक्ष सुरेश हमाललाई पद हस्तान्तरण गरिएको छ ।
सिटीको यो १३ औ पद हस्तान्तरण कार्यक्रममा हो । अध्यक्ष देववहादुर केसीले रोटरी चेन हस्तान्तरण गरेर हमाललाई कार्यभार सुम्पेका हुन ।
सन २०२०÷ ०२१ का लागि चयन भएको कार्यसमितिको असअघिका अध्यक्ष देववहादुर केसी थिए भने भावि अध्यक्षमा शिव श्रेष्ठ, प्रस्तावित अध्यक्षमा यज्ञवहादुर केसी, उपाध्यक्षमा पवनकुमार योगी, बिनिल केसी र सन्दिपन रिजाल रहेका छन् ।
एक वर्षका लागि नै चुनिएको कार्यसमितिको सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गाबहादुर केसी र सहसचिवमा बुद्धप्रकाश सिंह रहेका छन् ।
त्यस्तै चेयर क्लब एडमिनिष्ट्रेसनमा दिपेश भण्डारी, चेयर सर्भिस प्रोजेक्टमा रुपेश शर्मा, चेयर मेम्बरसिपमा सञ्जय पराजुली, चेयर पब्लिक ईमेजमा राजिव वली, चेयर टिआरएफमा उज्जवल श्रेष्ठ र मर्यादापालकमा मनोज बस्नेतलाई चयन गरिएको छ ।
क्लबका उपाध्यक्ष शिव श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी ईन्टर्नेशनल डिष्ट्रिक ३२९२ नेपाल(भुटानका पूर्व असिष्टेण्ट गभर्नर कुशल तर्तालले रोटरीको भावना र मर्मलाई आत्मसाथ गर्दै सामाजिक कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण रोटरियनहरुलाई आग्रह गरे ।
उनले रोटरीको ६ वटा लक्षित क्षेत्र शिक्षा, स्वास्थ्य, वातावरण, खानेपानी, मातृ सिशु र सामुदायिक बिकासलाई केन्द्रमा राखेर कार्ययोजना बनाउन नवनिर्वाचित अध्यक्ष लगायत नयाँ कार्यसमितीलाई सुझाव दिएका छन् ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अनुपकुमार श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ , रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नबिन राई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु बिमल रिजाल, ललितबहादुर घर्ती, विरबहादुर रावत, तुफानबाबु श्रेष्ठ, रिपोर्टस क्लब अफ दाङका अध्यक्ष शरद रेग्मी लगायत नव निर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा रोटरी वर्ष २०१९÷२० को आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष देववहादुर केसीले मायाको चिनो प्रदान गरेका थिए ।
दुई चरणमा भएको कार्यक्रमको सहजिकरण वर्ष २०१९÷२० का सचिव सन्दिपन रिजाल र वर्ष २०२०÷ २१ का सचिव देवेन्द्र केसीले गरेका हुन ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरेश हमाललाई क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कुशल तर्तालले शपथ खुवाएका थिए भने अध्यक्ष हमालले आफ्नो टिमका नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका हुन ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *