२०७८ जेष्ठ २ गते आइतवार

नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित


असार २४ । नेकपा स्थायी कमिटी बैठकआज बस्ने भनिएको भएपनि बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।

बैठक २६ गते शुक्रबारसम्मको लागि स्थगित भएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन ।

पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास भैरहेको छ ।

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *