२०८१ फाल्गुन २ गते शुक्रवार

क्षेत्री बने नेपाल प्रहरीको नयाँ आइजिपी

काठमाडौं,असार २३ । शैलेश थापा क्षेत्री नेपाल प्रहरीको नयाँ आइजिपी नियुक्त भएका छन् । नेपालको २८ औं आइजिपीमा क्षेत्रीले क्षेत्रीले बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई आइजिपी बनाउने निर्णय गरेको हो ।
२०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका क्षेत्रीको कार्यकाल २०७९ साल वैशाख १९ गतेसम्म रहने छ ।

हालका आइजिपी ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिन लागेको हुँदा बुधबार अनिवार्य अवकाश पाउँदैछन् ।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *