काठमाण्डौ,असार २३ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या १६ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप दुई सय चार जनामा कोरोना पुष्टि भएको छ ।
विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा दुई सय चार जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार एक सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार