शिवराज खनाल , लमही, असार २३ । डिभिजन बन कार्यलय देउखुरीले फलफूल बिरुवा निशुल्क बितरण गरेको छ ।
लमही सब डिभिजन वन कार्यलय र गढवा सब डिभिजन वन कार्यलय गरि १५ हजार विरुवा वितरण गरिने भएको छ ।
दुबै कार्यालयबाट समान ७ हजार ५ सयका दर बिरुवा बितरण गरिने डिभिजन बन कार्यलय देउखुरीका साहयक वन अधिकृत प्रेमिलाल प्रसादले जानकारी दिए ।
जसमा आँपका १२ हजार , लिचीका एक हजार, कटहर ५ सय ,अम्बा ५ सय ,अनार ५ सय विरुवा वितरण गरिने भएको छ ।
राष्ट्रिय बृक्षारोपण कार्यक्रम अन्तर्गत बिरुवा रोपेर हरियाली वाताबरणलाई संरक्षण गर्न र स्थानीयको आयआर्जन बढाउन विरुवा विततरण गरिएको डिभिजन वन कार्यलय देउखुरीका अधिकृत प्रबिन बिडारीले बताए ।
वन प्रजातिका २ लाख २० हजार बिरुवा बितरण कार्य जारीरहेको उनले बताए ।
प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार