तुलसीपुर,असार २२ । शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आशंकामा थप दूई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार पक्राउ पर्नेमा शान्तिनगर वडा नं. ३ का आकाश केसी र खड्ग विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए ।
गत शुक्रवार वडाध्यक्ष डाँगीमाथि कार्यकक्षमै सात जनाको संख्यामा गएको एक अज्ञात समुहले लाठी र रडले आक्रमण गरि गम्भीर घाइते तुल्याएको थियो । वडाध्यक्ष माथि आक्रमण भएको भोलि पल्टै प्रहरीले तीन जनालाई नियन्त्रण पछि सार्वजनिक गरेको थियो । डाँगीमाथि भएको आक्रमणको जिम्मा सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले लिएको थियो ।
प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार